close

भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित

भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित

Trulli
ADVERTISEMENT

कञ्चनपुर । भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

 

मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ मत पाएका छन् ।

 

त्यस्तै, उपमेयरमा १२ हजार २१६ मतसहित जोशी निर्वाचित भएकी हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ ९६ मत प्राप्त गरे । भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो ।