close

गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै महिला

गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै महिला

Trulli
ADVERTISEMENT

झापा । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला विजयी भएका छन् । 

 

नेपाली कांग्रेसकी उम्मेदवार फुलवती राजवंशी अध्यक्षमा र एमालेकी उम्मेदवार पूजन न्यौपाने उपाध्यक्षमा विजयी भएका हुन् ।

 

कांग्रेसकी फुलवतीले पाँच हजार ६८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवालले तीन हजार ३३० मत ल्याएका छन् ।

 

यस्तै न्यौपानेले चार हजार ७५५ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका मखना महताेले तीन हजार ७९५ मत ल्याएका छन् ।