close

७२६ पालिकाको मत परिणाम आउँदा ३२० पालिका प्रमुखसहित कांग्रेसको अग्रता

७२६ पालिकाको मत परिणाम आउँदा ३२० पालिका प्रमुखसहित कांग्रेसको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमध्ये  ७२६ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

 

जसअनुसार नेपाली कांग्रेसले ३२० पालिका प्रमुखमा जित हासिल गर्दै सबैभन्दा बढी जितेको छ भने नेकपा एमालेले दोस्रोमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रोमा छ ।

 

२९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । एमालेले १९७ वटा पालिकाको प्रमुख जितेको छ भने २२५ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।

 

त्यस्तै नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १२८ वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ भने नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

 

स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख जितेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।