close

काठमाडौं महानगरमा बालेन साढे १७ हजार बढी मतले अघि

काठमाडौं महानगरमा बालेन साढे १७ हजार बढी मतले अघि

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

 

सोमवार बिहान १ लाख २८ हजार ३२ मत गणना हुँदासम्म बालेनले ४३ हजार ३८२ मत पाएका छन् । उनले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठभन्दा १७ हजार ६०५ मत बढी ल्याएका छन् ।

 

उम्मेदवार सिर्जनाले २५ हजार ७७७ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन् । स्थापितले २५ हजार ५०५ मत पाएका छन् । दोस्रो स्थानका लागि सिर्जना र केशवबीच कडा टक्कर देखिएको छ । मतगणना जारी छ ।