close

भंगहा नगरपालिकाको प्रमुखमा लोसपाका साह निर्वाचित

भंगहा नगरपालिकाको प्रमुखमा लोसपाका साह निर्वाचित

Trulli
ADVERTISEMENT

महोत्तरी । भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 


मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत केशव अर्यालले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगे्रसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याए । 

 

सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी भएकी छन् । उपाध्यक्ष सिंहका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गरिन् ।