close

काठमाडौं महानगर मतगणना : कोर एरियामा को अगाडि ? 

काठमाडौं महानगर मतगणना : कोर एरियामा को अगाडि ? 

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरमा मतगणना जारी  रहँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम छ । तर, कोर एरियाका वडामा उनकाे मत एमाले र कांग्रेसका उम्मेदवारको तुलनामा कम आएको छ । 

 

काेर एरियाका वडामा स्थापितको बढी मत आएको छ भने उनलाई कांग्रेस उम्मेदवार सि‌ंहले पछ्याइरहेकी छन् ।   

 

११, १२,२३, २४, २५, २६ र २७ को मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको तुलनामा शाहको कम मत आएको छ । 

 

यी वडामा गणना भएको कुल १९ हजार २०१ मतगणना हुँदा सबैभन्दा बढी मत क्रमशः एमालेका केशव स्थापित र सिर्जना सिंहले ल्याएका छन् ।

 

स्थपितले  ४ हजार ४ सय २५ भोट ल्याउँदा कांग्रेसकी सिर्जना सिंह पनि ४४१२ भोट ल्याएकी छन् । तर, समग्र मतगणनामा भने सिर्जनाले स्थापितलाई उछिनिसकेकी छन् ।