close

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

Trulli
ADVERTISEMENT

धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

 

निर्वाचित हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी कांग्रेसका नृपबहादुर ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

 

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन् ।

 

उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले  १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् ।