close

६९५ पालिकाको परिणाम सार्वजनिक : ३०६ पालिकाको नेतृत्वमा कांग्रेस

६९५ पालिकाको परिणाम सार्वजनिक : ३०६ पालिकाको नेतृत्वमा कांग्रेस

Trulli
ADVERTISEMENT

काडमाडौं । स्थानीय तहकाे  निर्वाचन अन्तर्गत हालसम्म ६९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ।

 

निर्वाचन आयोगका अनुसार २४८ नगरपालिका र ४४७ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म ३३ हजार १५२ जनप्रतिनिधि निर्वाचित भएका छन् । ७५३ वटा पालिकामा ३५ हजार २२१ जनप्रतिनिधि छान्न वैशाख ३० गते चुनाव भएको थियो।

 

हालसम्मकाे अवस्था अनुसार नेपाली कांग्रेसले १२३ वटा नगरपालिकामा जित हासिल गरेको छ भने १८४ वटा गाउँपालिका अध्यक्षमा जितेको छ। १८ वटा पालिकामा कांग्रेसको अग्रता छ।

 

एमालेले ६७ नगरपालिका र १२१ गाउँपालिका जितेको छ। १६ वटा पालिकामा एमाले अगाडि छ। माओवादी केन्द्रले २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ। ३ वटा पालिकामा माओवादीको अग्रता छ।

 

नेकपा (एकीकृत समाजवादी) ले ९ नगरपालिका र ८ गाउँपालिका जितेकाे छ । २ वटामा उसको अग्रता छ। स्वतन्त्रसहित अरु दलले २५ पालिकामा मेयर पद जितेका छन् । उपमेयरमा नेपाली कांग्रेसले ९४ र उपाध्यक्षमा १८७, एमालेले ९१ उपमेयर र १२२ उपाध्यक्ष, माओवादी केन्द्रले ३२ उपमेयर र ९३ वटामा उपाध्यक्ष जितेको छ।