close

काठमाडौंमा एक लाख ६ हजार मत गन्दा बालेनलाई १७ हजार मतको अग्रता

काठमाडौंमा एक लाख ६ हजार मत गन्दा बालेनलाई १७ हजार मतको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ । आइतबार बिहानको अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । 

 

साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् । 

 

कांग्रेस उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लिएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापित तेस्रोमा झरेका छन् ।