close

इटहरी उपमहानगरको मेयरमा कांग्रेसका हेमकर्ण विजयी

इटहरी उपमहानगरको मेयरमा कांग्रेसका हेमकर्ण विजयी

Trulli
ADVERTISEMENT

सुनसरी । इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । 

 

उपमेयर भने एमालेले जितेको छ । आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार पौडेल ३३ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५०१८ मतान्तरले पराजित गरे । एमालेका सुब्बाले २८ हजार ३१ मत पाए। 

 

उपमेयरमा भने नेकपा (एमाले)की उम्मेदवार संगीता कुमारी चौधरी विजयी भइन् । चौधरीले ३२ हजार ४३६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले १८ हजार ३१ मत मात्रै ल्याए । इटहरीका ७३ हजार ८२३ मत खसेको थियो । २० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा कांग्रेस तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

 

गाउँ पञ्चायतदेखि नगरपालिका हुँदै उपमहानगरपालिकासम्म आउँदा इटहरीमा एमालेले बागडोर सम्हाल्दै आएको थियो । यो पटक भने कांग्रेसको भागमा परेको छ ।