close

काठमाडौं महानगर मतगणना : बलेनको अग्रता कायमै, स्थापितभन्दा सिंह अगाडि

काठमाडौं महानगर मतगणना : बलेनको अग्रता कायमै, स्थापितभन्दा सिंह अगाडि

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका मतगणनामा नेकपा एमालेका  उम्मेदवार केशव स्थापितलाई गठबन्धन तथा नेपाली कांग्रेसकी उम्मेदवारले उछिनेकी छन् । 

 

सुरुवाती चरणमा दुई उम्मेदवारले एक/अर्कालाई अघिपछि पार्दै गरे पनि केही दिनयता सिर्जनाभन्दा अगाडि लागेका स्थापितलाई सिर्जनाले २४ मतले पछाडि पारेकी हुन् । 

 

यद्यपि, स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रसरतालाई कायम राखेका छन् । मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७५ मत ल्याउँदा सिर्जनाले १७ हजार ७०२ मत प्राप्त गरेकी छन् ।

 

यस्तै, स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत प्राप्त गरेका छन् ।