close

रुपन्देहीका ७ पालिका प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

रुपन्देहीका ७ पालिका प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् ।

 

सिद्धार्थनगर, देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतिया लगायत पालिकाका नवनिर्वाचित प्रमुख÷अध्यक्षले पद तथा गोपनीयताको शपथ लिएका हुन् । भैरहवामा शुक्रबार आयोजित एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सपथग्रहण गराएका हुन् ।

 

त्यस्तै, पालिकाका निर्वाचित प्रमुख÷अध्यक्षहरूले उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् ।

 

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सद्भाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए । उनले निर्वाचनमा कसैको जमिनदारीको हिसाबले प्राप्त हुने पद नभएको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह निर्वाह गर्न आग्रह गरे ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।