close

बलात्कारीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

बलात्कारीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । बलात्कार  गर्ने सुन्दरी प्रतियोगिताका आयोजकलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । 

 

८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटनाबारे एक युवतीले सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेपछि केही दिनयता कानुन संशोधन गरी दाेषीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको हो । 


प्रदर्शनकारीले बलात्कारी होस् तँ’ भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन । बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ । बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कारसम्बन्धी घटनाको न्याय निरूपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गरेका छन् । 

बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् । प्रदर्शनमा युवा युवती सहभागी छन् । 

 

उत्पीडन भएको घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न राज्यमाथि निरन्तर दबाब परिरहेको छ । यस विषयकाे छानबिन गरी बलात्कारीलाई कारबाही गर्न संसद्मा पनि माग उठाइएको छ।