close

रुपन्देहीको सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रुपन्देहीको सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । 

 

सम्मरीमाईमा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका विनोदकुमार श्रीवास्तव चार हजार एक सय ३४ मत ल्याई विजयी भएका छन् । 

 

उनका निकटतम प्रतिद्धन्द्धी नेपाल माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै कुमारी प्रियंका शाही सिंह ४ हजार ४ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन् । 

 

वडा नम्बर १ मा कांग्रेसकै शिवकुमार यादव ९ सय ५१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका कमलापति यादवले ५ सय ९९ मत पाए । 

 

वडा नम्बर २ मा लोसपाका अजय कुमार गुप्त बनिया ५ सय ६८ मत ल्याई विजयी घोषित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अबरार अहमद मुसलमानले ४ सय ७० मत पाए ।

 

वडा नम्बर ३ मा कांग्रेसका अदहम अली देवान ५ सय ८५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अंकित कुर्मीले ४ सय ८० मत प्राप्त गरे । वडा नम्बर ४ मा नेपाली कांग्रेसका दिवाकरप्रसाद दुबे ८ सय २८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सुजितकुमार त्रिपाठीले ३ सय ३९ मत प्राप्त गरे । 

 

वडा नम्बर ५ मा माओवादीका श्रवणकुमार यादव ६ सय २७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका शेरअली मुसलमानले ६ सय १७ मत प्राप्त गरे । वडा नम्बर ६ माओवादीकै तौलन केवट ५ सय ७४ मत ल्याई विजयी भएका छन् । 

 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पवन कुमार सिंहले ५ सय ५७ मत पाए । वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मी ६ सय ५९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीनारायण यादवले ५ सय १४ मत पाए ।