close

झलनाथ खनालको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका राई निर्वाचित

झलनाथ खनालको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका राई निर्वाचित

Trulli
ADVERTISEMENT

इलाम । सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका रनबहादुर राईले १२ हजार ४३१ मच ल्याउँदै मेयरमा निर्वाचित भएका छन् । 

 

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याए । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन्।

 

यो नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । यो नगरपालिका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्छ।

 

यो सँगै १० पालिकामध्ये नेकपा एमालेले ५ वटा पालिकामा प्रमुख पद जित्दा नेपाली कांग्रेसले ४ र नेकपा एकीकृत समाजवादीले १ पालिकामा प्रमुख पद जितेका छन्।