close

बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

Trulli
ADVERTISEMENT

सप्तरी । बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गरे । सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । 

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपाल का रेणकुमारी साह निर्वाचित भएका छन् । निर्वाचित साहले पाँच हजार १५४ मत ल्याएर विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले चार हजार ९३६ मत प्राप्त गरिन् । बोदेबर्साइन नगरपालिकामा कुल २१ हजार २९१ मतगणना भएको थियो ।