close

काठमाडौं, भरतपुर,ललितपुर र पोखरामा कसको अग्रता ?

काठमाडौं, भरतपुर,ललितपुर र पोखरामा कसको अग्रता ?

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वाधिक चासोको महानगरमध्ये काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । 

 

सुरुवाती चरणदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई कायम राखेका छन् । 

 

कुल ७५ हजार ४०१ मतगणना गर्दा शाहले २८ हजार ६३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ३५९ मत प्राप्त गरेका छन् ।

 

यस्तै, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिर्जना सिंहले १५ हजार ५७ मत प्राप्त गरेकी छन् । 

 

यस्तै, दोस्रो चर्चामा रहेको भरतपुर महानगरमा ५८ हजार ०३४ मत गणना गर्दा गठबन्धन तथा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायम राखेकी छन् । 

 

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले तेस्रो स्थनमा आफूलाई कायम राखेका छन् । 

 

दाहालले २१ हजार ८९२, विजय सुवेदीले १८ हजार ६९८ र पौडेलले ८ हजार २०१ मत प्राप्त गरेका छन् । 

     

यस्तै, पोखरा महानगरमा गठबन्धन तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् । कुल ६९९६८ मतगणना गर्दा आचार्यले ३२ सयभन्दा बढी मतान्तरका साथ  अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले २५ हजार ३५७ मत प्राप्त गरेका छन् भने आचार्यले २८ हजार ५६३ मत प्राप्त गरेका छन् । 

 

यस्तै,  ललितपुर महानगरमा गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रतालाई कायम राखेका छन् । सुरुवाती चरणदेखि आफ्नो अग्रता कायम राखेका महर्जनले कुल ४४ हजार ५०२ मत गन्दा महर्जनले २२ हजार ८२९ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार व्यञ्जनकारले १३ हजार १२४ मत प्राप्त गरेका छन् ।