close

बढ्यो, अमेरिकी डलरको मूल्य

बढ्यो, अमेरिकी डलरको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी डलरको भाउ अत्यधिक रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ६७ पैसा पुगेको हो ।

 

बिहीबारमात्रै अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा पुगेको थियो । 

 

डलर महँगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ६७ पैसा खर्च गर्नुपर्ने भएको छ।

 

डलरको भाउ महँगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ। नेपाललाई रेमिट्यान्स र निर्यातमा केही फइदा भए पनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महँगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाब पर्ने भएको छ।

 

डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।