close

नागरिकलाई दिनुपर्ने सेवाबाट सरकार पन्छिँदै छ : छक्कबहादुर लामा 

नागरिकलाई दिनुपर्ने सेवाबाट सरकार पन्छिँदै छ : छक्कबहादुर लामा 

Trulli
ADVERTISEMENT

काठमाडौं । छक्कबहादुर लामाले नेपालमा अझै पनि विकासका लागि देवतासँग माग्ने प्रचलन भएको बताएका छन् । धन, आयु र बुद्धि मानिसलाई नभई नहुने कुरा भएको बताउँदै उनले यस्तो बताएका हुन् ।

 

उनले भने, ‘सभ्यताको सुरुवाती चरणमा मानव जातिले धन, आयु र बुद्धि भगवानसँग माग्थे । अझै राज्य सत्ताको पहुँच कम छ । त्यहाँ अझै पनि यस्ता कुरा देवतासँग वरदानस्वरुप माग्ने गरेको पाइन्छ । तर, आजको युगमा जहाँ राज्य सत्ताको पहुँच सरल छ । त्यहाँ धन, बुद्धि र आयु लोककल्याणकारी राज्यसत्ताबाट पाउने चाहना राख्छ । र यो राज्यसत्ताको यी आधारभूत कुरा प्रदान गर्नु पनि राज्यको दायित्व हो ।

 

राज्यले सत्ताले नागरिकको धन आर्जनका लागि उत्पादन प्रणालीको विकास, दीर्घायुका लागि स्वास्थ्य प्रणालीको विकास र बुद्धि विकासका लागि शैक्षिक प्रणालीको विकास गर्नु राज्यको दायित्वभित्र पर्ने बताउँदै उनले वर्तमान संविधानले पनि यी कुरालाई प्रत्याभूत गरेको उनले बताए ।

 

‘तर, आजको अर्थतन्त्रको युगमा यी तीनै नैसर्गिक अधिकारलाई बजार अर्थतन्त्रको उत्पादन र व्यापारको रुपमा राज्यले निजी क्षेत्रलाई सुम्पिएको छ । आज आमजनताले यी कुरा सेवाको रुपमा पाएका छैनन् । जसका कारण मानिसहरुबीच ठूलो खाडल बन्न गएको  छ ।’