close

सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस

सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस

Trulli
ADVERTISEMENT

रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १० हजार ४५ मतसहित विजयी भएका छन् । 

 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार अयोध्या थारूले ७ हजार २ सय ६८ मत ल्याएका छन् ।

 

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार तारा थारू ८ हजार ९ सय ९० मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृता गुरुङले ७ हजार २ सय ६९ मत ल्याएकी छन् ।

 

त्यस्तै, सियारी गाउँपालिका– १ मा राप्रपाका अरुणकुमार शाही, वडा नम्बर २ मा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएका छन् ।

 

वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव, ५ मा कांग्रेसकै धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ, ७ मा कांग्रेसका दीपकबहादुर शाही विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।