close

किशोरी बलात्कारमा संलग्नलाई कारबाही गर्न संसद्को निर्देशन

किशोरी बलात्कारमा संलग्नलाई कारबाही गर्न संसद्को निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बलात्कारसम्बन्धी सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न  निर्देशन दिएका छन् ।

 

 शुक्रबार बसेको प्रतिनिधि सभाकाे बैठकको क्रममा उनले यस्ता निर्देशन दिएका हुन् ।   

  

 ‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु,’ सभामुख सापकोटाले भने । 

 

सांसद एवं नेपाली कांग्रेसका महासचिव गगनकुमार थापाले आठ वर्षअघि भएको किशोरी बलात्कार घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए । 

 

‘नेपाल सरकारले तत्कालै अभियुक्तलाई अनुसन्धानमा ल्याउन गर्छु । साथै, यसै संसद्ले बनाएको बलात्कारसम्बन्धी कानुनी फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गर्छ,’थापाले भनेका थिए ।