close

सुदूरपश्चिमको सबैभन्दा ठूलो दल दुई पालिकामा सीमित  

सुदूरपश्चिमको सबैभन्दा ठूलो दल दुई पालिकामा सीमित  

Trulli
ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिमको सबैभन्दा ठूलो एकीकृत समाजवादी स्थानीय तह निर्वाचनमा दुई पालिकामा सीमित भएको छ । 

 

कुल ८८ स्थानीय तह रहेको यस प्रदेशमा एकीकृत समाजवादीले २ स्थानीय तहमा मात्रै आफ्नो उपस्थित जनाएको हो । 

 

एकीकृत समाजवादीले विजय हासिल गरेका स्थानीय तह केदारस्युँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका हुन् ।

 

कुल ५१ जना रहेको प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् ।