close

विजय जुलुसमाथि आक्रमण हुँदा घाइतेमध्ये २ को उपचार हुँदै

विजय जुलुसमाथि आक्रमण हुँदा घाइतेमध्ये २ को उपचार हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । विजयपछि निकालिएको जुलुसमा विपक्षीले आक्रमण गर्दा ६ जना घाइते भएका छन् । 

 

वीरगन्ज महानगरपालिका –२७ मा विजयपछि निकालिएको जुलुसमाथि नेकपा एमालेको एक समूहले आक्रमण गर्दा नेमा रेशा, मुन्नी खातुन, मलिक नुनिया, मोहमत नुराइन, मोहमत मियाँ र जाहिर हवारी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । 

 

प्रहरीका अनुसार ४ जना घर फर्किसकेका छन् भने मियाँ र आयसा खातुनको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

 

वीरगन्ज–२७को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका हृदयनारायण कुर्मी निर्वाचित भएका छन् । उनले एक हजार ५१६ मत सहित विजय हासिल गरेका हुन् । 

 

उनका प्रतिद्वन्द्वी तथा नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार यादवले एक हजार ११६ मत प्राप्त गरेका थिए ।