close

काठमाडौं, भरतपुर,ललितपुर र पोखरामा कसको अग्रता 

काठमाडौं, भरतपुर,ललितपुर र पोखरामा कसको अग्रता 

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वाधिक चासोको महानगरमध्ये काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुवाती चरणदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई कायम राखेका छन् । 

 

कुल ७१ हजार ८८८ मतगणना गर्दा शाहले २७ हजार २८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ४४८ मत प्राप्त गरेका छन् । 

 

यस्तै, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिर्जना सिंहले १३ हजार ८७९ मत प्राप्त गरेकी छन् । 

 

यस्तै, दोस्रो चर्चामा रहेको भरतपुर महानगरमा ५५ हजार ६८० मत गणना गर्दा गठबन्धन तथा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायम राखेकी छन् । 

 

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले तेस्रो स्थानमा आफूलाई कायम राखेका छन् । 

 

दाहालले २१ हजार ५, विजय सुवेदीले १७ हजार ८१  र पौडेलले आठ हजार २६ मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्पर्धी दाहाल र सुबेदीबिचको मतान्तर ३ हजार २६७ रहेको छ । 

 

यस्तै, पाेखेरा महानगरमा गठबन्धन तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् । कुल ६५४६२ मत प्राप्त गर्दा आचार्यले २६ हजार ९६८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले २३ हजार ६९८ मत प्राप्त गरेका छन् । 

 

यस्तै,  ललितपुर महानगरमा गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रतालाई कायम राखेका छन् । सुरुवाती चरणदेखि आफ्नो अग्रता कायम राखेका महर्जनले कुल ४२ हजार मत गन्दा २१ हजार ९०४ मत गणना गर्दा २१ हजार ९०४ मत प्राप्त गरेका छन् । मतगणना भएको ५० प्रतिशत हो  ।

 

महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १२ हजार ५२३ मतका साथ महर्जनलाई पछ्याइरहेका छन् ।