close

मधेस मुख्यमन्त्रीकी श्रीमती उपप्रमुख पदमा पराजित

मधेस मुख्यमन्त्रीकी श्रीमती उपप्रमुख पदमा पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु  राउतकी श्रीमती जलेखा खातुन उपप्रमुख पदमा पराजित भएकी छन् । 

 

मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी बविता सिंहसँग पराजित भएकी हुन् । खातुनलाई नेपाली कांग्रेसकी बबिता सिंहले २४०८ मतान्तरका साथ पराजित गरेकी हुन् । 

 

विजय सिंहले ५५३१ मत ल्याएकी थिइन् भने खातुनले ३१२३ मत ल्याएकी थिइन् । त्यस्तै, अर्की उम्मेदवार मिरादेवी कुर्मीले ३३४५ मत ल्याएकी थिइन् । 

 

तर, सो गाउँपालिका प्रमुखमा जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादव   निर्वाचित भएका छन् ।