close

ओलीको गृहनगरमा एमाले प्रमुख र उपप्रमुख दुवैमा पराजित

ओलीको गृहनगरमा एमाले प्रमुख र उपप्रमुख दुवैमा पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर प्रमुख पदमा राप्रपाले विजय हासिल गरेको छ । 

 

राप्रपाका रामकुमार थापाले एमालेकी गीतादेवी पौडेललाई पराजित गरी ओलीको गृहनगरमा राप्रपाले जित हासिल गरेको हो ।

 

पौडेलले ५५९ मतान्तरले  मात्र पराजित भएकी हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गर्दा पौडेलले १६ हजार ९६६ मत प्राप्त गरेकी थिइन् ।

 

यसैगरी, उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजय भएकी छन् ।