close

ललितपुर महानगरमा चिरिबाबु फराकिलो मतले अघि

ललितपुर महानगरमा चिरिबाबु फराकिलो मतले अघि

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गणना हुँदा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले मेयरमा अग्रता कायमै राखेका छन् । 

 

सत्ता गठबन्धनका उम्मेदवार महर्जनले २१ हजार ३११ मत ल्याउँदा उनका निकाटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १२ हजार १४९ मत ल्याएका छन्।

 

कांग्रेसका उम्मेदवार महर्जन एमालेका व्यन्जनकार भन्दा ९ हजार १६२ मतले अगाडि छन् । यस्तै राप्रपाका अष्टहादुर महर्जनले १ हजार ९७० मत प्राप्त गरेका छन्।

 

उपमेयरमा भने नेकपा एमालेकी मन्जली शाक्री बज्राचार्यले ११ हजार ९६५ ल्याएर अग्रता कायम गरेकी छन् ।