close

७० हजार मत गन्दा बालेनको आग्रता कायमै

७० हजार मत गन्दा बालेनको आग्रता कायमै

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत पाएका छन् ।

 

शुक्रबार बिहानसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले १३ हजार ९१ मत प्राप्त गरेकी छन् ।

 

त्यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ६ मतसहित अग्रता काउम गरिरहेकी छन् ।