close

जित्ने सम्भावना अझै छ : सिर्जना सिंह

जित्ने सम्भावना अझै छ : सिर्जना सिंह

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ गठबन्धन तथा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार बनेकी सिर्जना सिंहले आफूले महानगरको मेयर पदमा जित्ने सम्भावना अझै बाँकी रहेको बताएकी छन् । 

 

बिहीबार मतगणनास्थल राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा मतगणना भर्खर ६० हजार मात्रै गणना भएको बताउँदै आफूले जित्ने सम्भावना अझै बाँकी रहको बताएकी हुन् ।

 

‘मत भर्खर ६० हजार मात्रै गणना भएको छ । अहिले नै हार भइसकेको छैन । हामीले जित्ने वडाहरूमा मत आउँदै नआएका पनि होइनन्,’ उनले भनिन् । 

 

सो क्रममा उनले देशभर कांग्रेस अग्रस्थानमा हुँदा काठमाडौंमा पछि पर्दा अच्मित भएको उनले बताइन् ।