close

गणतन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय, यस्ता छन् कार्यक्रम

गणतन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय, यस्ता छन् कार्यक्रम

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सरकारले गणतन्त्र दिवस तीन दिनसम्म बनाउने निर्णय गरेको छ । 

 

धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

 

बैठक गृहमन्त्री बालकृष्ण खाँको अध्यक्षतामा बसेको थियो । समितिले जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले झन्डा एवं ब्यानर सजाएर साँझ दीपावली गरेर आमनागरिकलाई दीपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

 

१५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको समुन्नतिमा सैनिकमञ्च टुँडिखेलमा मूल समारोह आयोजना गर्ने र हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने, साँझ आमनागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिकस्थलमा दीपावली गर्ने कार्यक्रम छ । 

 

त्यसैगरी, जेठ १६ गते रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशासरण गर्ने, देशवासी र सरकारी तथा सार्वजनिक निकायले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिकस्थलमा साँझ दीपावली गर्ने कार्यक्रम छ । 

 

यस्तै, विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झन्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ ।

 

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय र निकाय एवं प्रतिष्ठानमा राष्ट्रिय झन्डा फहराएर १४, १५ र १६ जेठमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ ।