close

सिद्धार्थनगरमा काँग्रेसका खान र एमालेकी अधिकारी विजयी

सिद्धार्थनगरमा काँग्रेसका खान र एमालेकी अधिकारी विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा नेपाली काँग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन् । 

 

मतगणना सुरु भए देखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मतसहित जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ तथा नेकपा एमालेका डा. रामप्रसाद बस्यालले ७ हजार ३ सय ५ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

यस्तै उप–प्रमुखमा नेकपा एमालेकी उमा अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ तथा माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५ सय ९२ मत प्राप्त गरिन् ।

 

सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ मा जसपाका उज्वल पोखरेल, वडा नम्बर २ मा राप्रपाका छेदीलाल श्रीवास्तव, वडा नम्बर ३ मा पनि राप्रपाकै नारायण प्रसाद उपाध्याय विजयी भएका छन् । 

 

यस्तै वडा नम्बर ४ मा राप्रपाकै मुक्तिनाथ यादव, वडा नम्बर ५ मा नेपाली काँग्रेसका पुरन प्रसाद श्रेष्ठ, वडा नम्बर ६ मा काँग्रेसका वीरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ७ मा काँग्रेसकै दामोदर शर्माले जित हासिल गरेका छन् ।

 

बहुमत वडा जितेको काँग्रेसका राजनजंग राणा वडा नम्बर ८ मा दोहोरिएका छन् । वडा नम्बर ९ मा नेकपा एमालेका शेषनारायण भण्डारी, वडा नम्बर १० पनि एमालेकै सुर्जमन अहिर, वडा नम्बर ११ मा एमालेकै दिलीपकुमार यादव, वडा नम्बर १२ मा कुमार गुरुङ विजयी भएका छन् ।

 

यस्तै वडा नम्बर १३ मा सोम बहादुर गुरुङ विजयी भएका छन् । 

 

सिद्धार्थनगर नगरपालिकामा ४४ हजार ६ सय मतदाता रहेकोमा ३२ हजार ६७ मत खसेको थियो ।