close

टीकापुरको प्रमुखमा नागरिक उन्मुक्तिका डगौरा निर्वाचित

टीकापुरको प्रमुखमा नागरिक उन्मुक्तिका डगौरा निर्वाचित

Trulli
ADVERTISEMENT

कैलाली । टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारू विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई हराउँदै उनी मेयरमा विजयी भएका हुन् । 

 

विजयी भएका रामलालले ९ हजार ६४२ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी रावलले ६ हजार ६४२ मत पाए । 

 

यस्तै, उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भए । उनी ७ हजार ९५५ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् ।