close

विराटनगरमा नागेश र पोखरामा धनराजको अग्रता कायमै 

विराटनगरमा नागेश र पोखरामा धनराजको अग्रता कायमै 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले हालसम्म १६ हजार ३६१ मत प्राप्त गरेका छन् । 

 

उनलाई पछ्याइरहेका नेकपा एमालेका सागरकुमार थापाले १२ हजार ७६ मत ल्याएका छन् । महानगरको उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्कीले हालसम्म १३ हजार ७२१ मत ल्याएकी छन् भने जसपाका आरेन्द्र यादवले ८ हजार २४६ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीसँग मतान्तर बढाएका छन् । जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी १९ हजार ६१५ मतसहित अग्रस्थानमा छन्।

 

नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५१२ ल्याएका छन्। यस्तै राप्रपाका शंकर खरालले एक हजार ९६२ मत प्राप्त गरेका छन्।  उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले १९ हजार ७७४ मत ल्याएकी छन्।