close

काठमाडौंको ५४ हजार मत गन्दा ४० प्रतिशत मतसहित बालेनको अग्रता कायमै

काठमाडौंको ५४ हजार मत गन्दा ४० प्रतिशत मतसहित बालेनको अग्रता कायमै

Trulli
ADVERTISEMENT

काठमाठौं । काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले करिब ४० प्रतिशत मतका साथ 'लिड' गरिरहेका छन् । 

 

बिहीबार बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा मेयरका स्वतन्त्र उम्मदेवार शाहले २१ हजार १११ मत पाएका छन्।

 

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन्।  यहाँ नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्। 

 

३१ गते बिहान ८ बजेदेखि मतगणना जारी छ।