close

जितपुर सिमारा उपमहानगरमा माओवादी केन्द्र विजयी 

जितपुर सिमारा उपमहानगरमा माओवादी केन्द्र विजयी 

Trulli
ADVERTISEMENT

बारा । जितपुर सिमरामा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

 

बुधबार राति घोषणा गरिएको मतपरिणामअनुसार गठबन्धनबाट माओवादी उम्मेदवार राजन पौडेल १८ हजार ७४३  मत ल्याएर मेयरमा विजयी भएका छन् । उनका निकटतम् प्रतिष्पर्धी एमालेकी सरस्वती चौधरी १७ हजार ७७९ मत पाएकी छन् । 

 

उपप्रमुखमा भने एमालेले जितेको छ । एमालेका भोलाप्रसाद अधिकारीले १७ हजार ४९२ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी मेघा शाहीले मत १५ हजार ८४२ ल्याइन् । 

 

यसअघि यो उपमहानगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुबै जितेको थियो ।