close

घोराही उपमहानगरपालिकामा एमालेका चौधररी पुन: निर्वाचित

घोराही उपमहानगरपालिकामा एमालेका चौधररी पुन: निर्वाचित

Trulli
ADVERTISEMENT

दाङ । घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरी दोहोरिएका छन् । 

 

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतान्तरले हराउँदै विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चाैधरीले ०७४ काे निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराएका थिए ।

 

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी झिनो मतले विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । 

 

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घाेराहीमा काँग्रस, माओवादी र राष्ट्रिय जनमाेर्चाले चुनावी तालमेल गरेका थिए ।