close

हावाहुरीका कारण सिंहदरबारभित्र एक कर्मचारीको मृत्यु

हावाहुरीका कारण सिंहदरबारभित्र एक कर्मचारीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा बुधबार राति ८ बजेतिर  एक कर्मचारीको मृत्यु भएको छ। 

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्कीको मृत्यु भएको हो । 

 

घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।