close

५३६ पालिकाको परिणाम घोषणा हुँदा कांग्रेस अग्रस्थानमा

५३६ पालिकाको परिणाम घोषणा हुँदा कांग्रेस अग्रस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ६ बजेसम्म ५३६ पालिकाहरुको परिणाम घोषणा भएको छ। 

 

जसमा नेपाली कांग्रेसले २४३ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा छ। त्यसैगरी १५४ पालिका प्रमुखमा नेकपा एमालेले विजयी भएकाे छ।

 

७५३ मध्ये नेकपा माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।

 

त्यसैगरी उपप्रमुखतर्फमा कांग्रेसले २२४ को स्थानीय तहको उपप्रमुख जितेको छ। एमालेले १६४, माओवादी केन्द्रले १०६, एकीकृत समाजवादीले १६ स्थानीय तहको उपप्रमुखमा जित हासिल गरेका छन् । 

 

अब ६ महानगरपालिकासहित २१७ स्थानीय तहको परिणाम बाँकी छ ।