close

ओलीको गृहनगर दमकमा  नेकपा एमालेले लियो अग्रता

ओलीको गृहनगर दमकमा  नेकपा एमालेले लियो अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक झापामा नेकपा एमालेले पुनः अग्रता लागेको छ । 

 

एमालेबाट मेयर पदमा उठेकी गीता अधिकारीले १० हजार ७ सय ९३ मत ल्याएर गठबन्धनका उम्मेद्वार रामकुमार थापालाई पछि पारेकी हुन् । 

 

थापाले १० हजार सात सय ७० मत प्राप्त गरेका छन् । 

 

यस्तै, उपप्रमुख पदमा पनि नेकपा एमालेकै उम्मेद्वार अम्बिका खनालले अग्रता लिएकी छन् । उनले १० हजार पाँच सय ४३ मत पाएकी छन्  भने उनका प्रतिद्वन्द्वी तथा  गठबन्धनका तर्फबाट उपमेयरको पदमा उम्मेद्वार बनेकी रेगिना भट्टराईले १० हजार ३ सय ६२ मत प्राप्त गरेकी छन् ।