close

शुद्धोधन गाउँपालिकामा गठबन्धनबाट कांग्रेस र उपप्रमुखमा एमाले विजयी

शुद्धोधन गाउँपालिकामा गठबन्धनबाट कांग्रेस र उपप्रमुखमा एमाले विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । 

 

बस्याल सात हजार नौ सय ८३ मत ल्याए विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका किशुनचन्द चौधरीले ६ हजार दुई सय ७० मत प्राप्त गरे । 

 

यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी शान्तादेवी ज्ञवाली ६ हजार ६ सय ८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेकपा माओवादीकी शारदा भुषालले तीन हजार दुई सय ५५ मत प्राप्त गरेकी छन् ।

शुद्धोधनको वडा नम्बर १ मा जसपाका उदयराज गडेरिया नौ सय ९२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जंगबहादुर यादवले नौ सय ९१ मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा कांग्रेसका कमल खड्का क्षेत्री १ हजार तीन र सय १८ मत ल्याएर विजयी भए भने एमालेका किरण नेपालले एक हजार तीन सय ६ मतसहित दोस्रो भए ।

 

वडा नम्बर ३ मा एमालेका हेमबहादुर खड्का एक हजार ६ सय ७१ मत ल्याइ विजयी भए । उनले कांग्रेसका रामप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले एक हजार चार सय ५२ मत प्राप्त गरेका थिए । 

 

वडा नम्बर ४ मा कांग्रेसका केशवप्रसाद अधिकारी एक हजार चार सय १३ मतसहित विजयी भए भने एमालेका राजेन्द्र कँडेल एक हजार दुई सय ८९ मत ल्याएर पराजित भए ।

 

वडा नम्बर ५ मा कांग्रेसका चन्द्रमान चौधरी एक हजार ६ सय ४३ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका पुन्नेराम गौतमले एक हजार ५७ मत प्राप्त गरे । वडा नम्बर ६ मा पनि कांग्रेसकै उपेन्द्र सहानी एक हजार दुई सय ३५ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जयशंकर पाठकले नौ सय तीन मत प्राप्त गरे । वडा नम्बर ७ मा कांग्रेसकै भीमबहादुर यादवले आठ सय २१ मत प्राप्त गरेर विजयी हासिल गरे । 

 

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामजित लोधले सात सय ८८ मत प्राप्त गरे ।