close

कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेसका ढकाल र उपाध्यक्षमा थापा विजयी 

कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेसका ढकाल र उपाध्यक्षमा थापा विजयी 

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार नवराज ढकाल निर्वाचित भएका छन् । ढकालले एमाले उम्मेद्वार दिनानाथ आचार्यलाई एक हजार १३० मतले पछि पार्दै जीत हासिल गरेका हुन् ।

 

अध्यक्षमा निर्वाचित ढकालले १० हजार १४१ मत प्राप्त गर्दा एमाले उम्मद्वार आचार्यले नौ हजार ११ मत प्राप्त गरेका थिए ।

 

त्यस्तै, उपाध्यक्षमा मौषमी थापा विजयी भएकी छन् । उपाध्यक्षमा विजयी थापाले १० हजार २८४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमाले उम्मेद्वार ओमकली राहादीले ८ हजार ८३९ मत प्राप्त गरिन् ।

 

कञ्चनको वडा नं.१ को अध्यक्षमा हरिनारायण थारू, २ मा टेकबहादुर गुरुङ, ३ मा टीकाराम सापकोटा, वडा नं. ४ को अध्यक्षमा केशरबहादुर खत्री, वडा नं. ५ को अध्यक्षमा कुलप्रसाद पौडेल विजयी भएका छन् ।