close

सबै महानगरमा गठबन्धनको अग्रता, बालेन मतान्तर बढाउँदै

सबै महानगरमा गठबन्धनको अग्रता, बालेन मतान्तर बढाउँदै

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मत गणनाक पहिलो दिनदेखि लिएको अग्रतालाई कायमै राखेका छन् ।

 

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार १ सय १४ मत बढी मत ल्याउँदै अग्रता बनाएका हुन् ।

 

पछिल्लो मत परिणाम अनुसार ३९ हजार ५ सय ९ मत गन्दा उनले १५ हजार ४ सय २ मत पाएका छन् ।

 

नेकपा एमालेका स्थापितले ८ हजार २ सय ८८ र नेपाली काँग्रेसकी सिर्जना सिंहले ७ हजार २ सय ९० मत प्राप्त गरेकी छन्  ।

 

यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले १२ हजार १५७ मत प्राप्त गर्दै अग्रतालाई फराकिलो बनाएकी छन् ।

 

अन्य सबै महानगरमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले नै अग्रता लिइरहेका छन् ।

 

भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ९ हजार ८ सय १ मत पाउँदा एमालेका विजय सुवेदीले ८ हजार १ सय ८४ मत पाएका छन् ।

 

यस्तै पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले १२ हजार ९ सय ४५ तथा एमालेका कृष्णबहादुर थापाले ११ हजार १ सय ५० मत पाएका छन् ।

 

उता विराटनगरमा नेपाली काँग्रेसका नागेश कोइरालाले ११ हजार ८ सय ७६ तथा एमालेका सागरकुमार थापाले ९ हजार ७५ मत पाएका छन् ।

 

ललितपुर महानगरपालिका भने नेपाली काँग्रेसका चिरीबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् । महर्जनले ११ हजार ९ सय २० मत पाउँदा व्यञ्जनकारले ५ हजार ५ सय ७० मत मात्रै पाएका छन् ।

 

वीगरगञ्ज महानगरपालिकामा जनता समाजवादीका राजेशमान सिंहले ११ हजार ९ सय ९५ तथा एमालेका विजय सरावगीले ८ हजार ६ सय ३५ मत पाएका छन् ।