close

४२५ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा कांग्रेसको अग्रता

४२५ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा कांग्रेसको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ४२५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। 

 

पछिल्लो तथ्यांकअनुसार कांग्रेसले १९७, एमालेले १२१, माओवादी केन्द्रले ८३, नेकपा एकीकृत समाजवादीले ७, जसपा ५, राप्रपा १ र स्वतन्त्र उम्मेदवारले ११ पालिका जितेका छन् । 

 

मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेस अगाडि छ । उसले १२२ पालिकामा अग्रता लिइरहेको छ। एमालेले ७५, माओवादी केन्द्रले ३२, जसपाले २८, लोसपा १० र एकीकृत समाजवादीले १५ पालिकामा अग्रता लिइएरहेका हुन् ।