close

बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित

बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित

Trulli
ADVERTISEMENT

ललितपुर । बागमती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन विजयी भएका छन्  । उपाध्यक्षमा भने नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् । 

 

निर्वाचित अध्यक्ष लोप्चनले चार हजार ९०९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सञ्जेलले चार हजार ५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपा एमालेका नमूना दोङले तीन हजार ७०० मत ल्याएकी हुन् । 

 

पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।