close

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । 

 

ललितपुर महानगरपालिकामा अहिलेसम्म २१ हजार ४२६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन् ।

 

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यको अग्रता कायम छ । उनले ५ हजार ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मतसहित पछ्याइरहेका छन् 

 

ललितपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । त्यस्तै महानगरपालिकाको वार्ड नम्बर ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् ।