close

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादीले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । 

माओवादीले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा आजदेखि प्रशिक्षण दिंदैछ । माओवादी केन्द्रले स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षगरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् । 

कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्ष नेता एवं संघीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ ।

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् ।