close

माओवादीको पहिचानमा संकट आउन लाग्यो : प्रचण्ड

माओवादीको पहिचानमा संकट आउन लाग्यो : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पहिचानको संकट आउन लागेको बताएका छन् ।

बुधबार कुमारी हलमा जारी पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्ले माओवादी पार्टी वास्तविकतामा क्रान्तिकारी भए पनि जनताको नजरमा खराब देखिन थालेकोले सबैलाई माओवादी भएर काम गर्न सचेत गराएका हुन् । 

'अघिल्लो कार्यकालमा कमान्ड कन्ट्रोलमा ल्याउने प्रयास गरेनौं, स्वतः स्फूर्तरुपमा छाडिदियौं, कतिपय पार्टी स्पिरिटअनुसार काम पनि भयो, कतिपयले गर्न सक्नुभएन । अहिले पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ,' उनले जनप्रतिनिधिहरूलाई राजनीतिक प्रशिक्षण दिँदै भने । 

माओवादीको भनाइ र गराइमा फरक हुँदा माओवादी पनि संसदवादी पार्टीभन्दा फरक हुन नसकेको बताएका हुन् । उनले जनताले माओवादीको अनुहार जनप्रतिनिधिमा खोज्ने भएकाले जनताको सेवक भएर काम गर्न निर्देशन पनि दिए ।