close

हामीले मिहिनेत गरेर देउवालाई प्रधानमन्त्री बनाएका हौँ, अंहकार देखाए विद्रोह गर्छौँ : प्रचण्ड

हामीले मिहिनेत गरेर देउवालाई प्रधानमन्त्री बनाएका हौँ, अंहकार देखाए विद्रोह गर्छौँ : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसमा विगतमा एमालेजस्तै अहंकार  बढे आफूहरूले विद्रोह गर्ने बताएका छन् । 

बुधबार पार्टीको तर्फबाट विजय हासिल गरेका स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने क्रममा उनले यस्तो बताएका हुन् । 

हिजो एमालेको जस्तो अहंकार कांग्रेसमा नआओस् भन्ने आफूले चाहेको बताउँदै प्रचण्डले भने, अहंकार र दम्भ आयो भने फेरि विद्रोह गर्ने हो ।’

२०७४ सालको चुनावपछि नेकपा एमालेमा झै नेपाली कांग्रेसमा पनि दम्भ आए विद्रोहबाहेक आफूहरुसँग उपाय नहुने उनको भनाइ छ । 

 

माओवादीले कांग्रेस र एमालेको दम्भ बढाउनु माओवादीको बाध्यता भएकोसमेत बताए । 

नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादीले कहिले एमाले त कहिले नेपाली कांग्रेसको दम्भ बढाउने काम गरेको बताएका छन् । 

हिजो एमालेसँग गरेको चुनावी तालमेल र पार्टी एकीकरण स्मरण गर्दै उनले भने, ‘अहिले कांग्रेसको त्यस्तो होला कि भन्ने डर पैदा भएको छ । हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो ।  भइराख्नूस् भन्ने पनि छ । तर, एमालेजस्तै अहंकार र दम्भ चुलिए माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।’