close

काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको ढाडस : फोहोर  व्यवस्थापनका लागि जे-जे गर्नुपर्छ  सबै गर्नू

काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको ढाडस : फोहोर  व्यवस्थापनका लागि जे-जे गर्नुपर्छ  सबै गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । 

वैशाख ३० को स्थानीय चुनावमार्फत् महानगरको मेयर पदमा निर्वाचित शाहले बुधबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । 

यसअघि शाह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो । 

भेटका क्रममा प्रधानमन्त्री र शाहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे कुराकानी भएको प्रधानमन्त्री निवास बालुवाटारले जानकारी दिएको छ । 

भेटमा प्रधानमन्त्री देउवाले महानगरको फोहोर व्यवस्थापनका लागि जे–जे उपाय हुन्छ गर्न र आवश्यक परेका बेला सम्झन भनेका छन् । 

“तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु र पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ, मलाई चौबीसैघण्टा सम्झन सक्नुहुनेछ,” देउवाको भनाई थियो । 

त्यसैगरी शाहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।