close

देवदह कार्यपालिकामा एमाले–राप्रपा गठबन्धनबाट ८ सदस्य निर्वाचित

देवदह कार्यपालिकामा एमाले–राप्रपा गठबन्धनबाट ८ सदस्य निर्वाचित

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । 

कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनबाट आठ सदस्य निर्वाचित भएका हुन् । स्थानीय तहको निर्वाचनपछि कार्यपालिका सदस्यका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो । 

देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने पनि स्थानीय तहको निर्वाचनबाट १४ जना निर्वाचित भइसकेका र बाँकी आठ जनाका लागि निर्वाचन भएको हो ।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीका नौजना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । 

देवदहनगर पालिकाको कार्यपालिका सदस्यमा निर्वाचित महिला सदस्यबाट पाँच जना र दलित र अल्पसंख्यकबाट तीन जना गरी आठजना छनोट गर्न बाँकी थियो ।

कार्यपालिका सदस्यका लागि नेकपा एमालेलाई सातजना र राष्ट्रिय प्रजान्त्र पार्टीलाई १ जना गरी सहमतिभएको थियो । नेकपा एमाले र

राप्रपाबीच भएको सहमतिअनुसार महिला सदस्यमा नेकपा एमालेका गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।

दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्दपासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचनअधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।